कुचबिहारमा एकजनाको गोली हानेर हत्या

IMG-20230911-WA0253.jpg

कुचबिहार: आईताबार अबेर राती साँढ़े ९ बजी कुचबिहार २ नम्बर ब्लकको महिषबथान क्षेत्रको खुल्ला सड़कमा सुशील चन्द्र बोस दास नामक एकजना व्यक्तिलाई गोली हानेर हत्या गरिएको घटना प्रकासमा आएको छ। रक्ताम्मे अवसरमा स्थानीय बासिन्दाहरुले उक्त व्यक्तिलाई एउटा निजी अस्पतालमा पुऱ्याउँदा त्यहाँबाट एमजीएन मेडिकल कलेजमा रेफर गर्दा चिकित्सकहरुले उक्त व्यक्ति मृत भएको घोषणा गरेके थियो।
कुचबिहार जिल्ला पुलिस अधीक्षक सुमित कुमारले मृतकको घर खदीजा खागड़ाबारी क्षेत्रमा रहेको र महिषबथान भएर आफ्नो घर गईरहेको समय कुनै अज्ञात व्यक्तिले गोली हानेको जनाएका छन्।
पुलिस सुत्रले जनाए अनुसार घटना भूमाफिया मामिला हुनसक्ने आशङंका गरिएको छ। घटनाले क्षेत्रमा धेरै सनसनी मच्चिएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement