वैश्विक जैव ईन्धन गठबन्धन (जीबीए)

00-1-Rashtriya-Samachar-8

वैश्विक जैव ईन्धनको माध्यमद्वारा भारतले विश्वलाई जैव ईन्धनमा नयाँ बाटो देखाउनेछ: पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी

नयाँ दिल्ली: पेट्रोलियम एवं प्राकृतिक ग्यास तथा आवास एवं शहरी मामिला मन्त्री हरदीप सिंह पुरीले भनेका छन्, भारतले वैश्विक जैव ईन्धन गठबन्धनको माध्यमद्वारा विश्वलाई जैव ईन्धनमा नयाँ बाटो देखाउनेछ। सामाजिक सञ्जाल मञ्च ‘एक्स’मा पोस्टको एक शृङ्खलाको माध्यमद्वारा आफ्नो विचार व्यक्त गर्दै मन्त्रीले ‘वसुधैव कुटुम्बकम्’ मन्त्रलाई पालन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको यो प्रयासले निश्चित रूपमा विश्वभरिमा पेट्रोल र डिजेलमाथिको निर्भरता कम हुने बताए। वैश्विक ऊर्जा क्षेत्रमा इतिहास रच्दै प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो जी-२० शिखर सम्मेलनको अवसरमा वैश्विक जैव ईन्धन गठबन्धन (जीबीए) को शुरुआत गर्ने घोषणा गरे। १९ देश र १२ वटा अन्तर्राष्ट्रिय सङ्गठन पहिलाबाटै यस गठबन्धनमा सामेल हुनका लागि सहमत भइसकेका छन्।

जीबीए जैव ईन्धनलाई अपनाउने सुविधाका लागि सरकार, अन्तर्राष्ट्रिय संगठन र उद्योगहरूको गठबन्धन विकास गर्नका लागि भारतको नेतृत्वमा रहेको एक पहल हो। जैव ईन्धनको विकास र तैनातीलाई चलाउनका लागि जैव ईन्धनका सबैभन्दा ठूला उपभोक्ता र उत्पादकहरूलाई एक साथ ल्याउँदै यो पहलको उद्देश्य जैव ईन्धनलाई ऊर्जा सङ्क्रमणको कुँजीको रूपमा स्थापित गर्नु र रोजगारी तथा आर्थिक वृद्धिमा दिनु रहेको छ। हरदीप पुरीले भने, जी-२० शिखर सम्मेलनको अवसरमा जीबीएको शुरुवातसँगै स्वच्छ तथा हरित ऊर्जाको लागि विश्वको खोजले ऐतिहासिक गति प्राप्त गरेको छ। भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रीले संयुक्त राज्य अमेरिकाको ऊर्जा विभागकी सचिव सुश्री जेनिफर ग्रानहोम; ब्राजिलका ऊर्जा मन्त्री अलेक्जान्ड्रे सिल्भेरा, र वैश्विक जैव ईन्धन गठबन्धनका बीज अङ्कुरित गर्नका लागि यूएनआईसीए ब्राजिलका अध्यक्ष तथा सीईओ डा. इभान्ड्रो गुल्सीलाई धन्यवाद व्यक्त गरे।

हरदीप सिंह पुरीले जी-२० राष्ट्रहरू र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए), अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ), विश्व आर्थिक फोरम (डब्ल्यूईओ) र विश्व एलपीजी संघ जस्ता ऊर्जा सम्बन्धित विश्वव्यापी संस्थाहरूद्वारा समर्थित दूरदर्शी वैश्विक जैव ईन्धन गठबन्धनले सहयोग गर्ने उल्लेख गरे। ‘वैश्विक जैव ईन्धन व्यापार एवं सर्वोत्तम अभ्यासहरूलाई बलियो बनाउनु हो, जसबाट सदस्यहरूलाई ऊर्जा चतुर्भुजको सफलतापूर्वक सामना गर्नमा सहयोग मिल्नेछ। यसले हाम्रा कृषकहरूलाई आम्दानीको थप स्रोतको रूपमा ‘अन्नदाताबाट ऊर्जादाता’ बन्नमा मद्दत गर्नेछ। गत ९ वर्षमा हामीले आफ्ना किसानहरूलाई ७१,६०० करोड दिएका छौँ’, उनले भने, ‘२०२५ सम्म ई-२० लागू भएपछि भारतले तेल आयातमा लगभग ४५,००० करोड डलर र वार्षिक ६३ एमटी तेल बचत गर्नेछ। जीबीएले मूल्य शृङ्खलामा क्षमता निर्माण अभ्यास, राष्ट्रिय कार्यक्रमहरूको लागि प्राविधिक सहयोग र नीति पाठ-साझेदारीलाई बढावा दिएर दिगो जैव ईन्धनको विश्वव्यापी विकास र परिचालनलाई समर्थन गर्नेछ। यसले उद्योगहरू, देशहरू, पारिस्थितिकी चन्त्रका खेलाड़ीहरू र प्रमुख सरोकारवालाहरूलाई माग तथा आपूर्तिको म्यापिङमा सहयोग गर्नका लागि प्रविधि प्रदायकहरूलाई अन्तिम प्रयोगकर्ताहरूसँग जोड्नका लागि एक आभासी बजार जुटाउने सुविधा प्रदान गर्नेछ। यसले जैव ईन्धन अपनाउने र व्यापारलाई प्रोत्साहन गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त मानक, संहिता, दिगोपन सिद्धान्त र विनियमहरूको विकास, अवलम्बन र कार्यान्वयनको सुविधा पनि प्रदान गर्नेछl’

यो पहल भारतका लागि विभिन्न क्षेत्रमा फाइदाजनक हुनेछ। जी-२० अध्यक्षताको एक मूर्त परिणामको रूपमा जीबीएले विश्व स्तरमा भारतको स्थितिलाई बलियो बनाउन मद्दत गर्नेछ। यसका साथै गठबन्धनले सहकार्यमा ध्यान केन्द्रित गर्नेछ र भारतीय उद्योगहरूलाई प्रविधि निर्यात र उपकरण निर्यातको रूपमा थप अवसरहरू प्रदान गर्नेछ। यसले पीएम-जीवनयोजना, दिगो तथा गोवर्धन योजनामा तीव्रता ल्याउन सहयोग गर्नेछ, जसले किसानहरूको आयवमा वृद्धि, नोकरीको सिर्जना तथा भारतीय पारिस्थितिकी तन्त्रको समग्र विकासमा योगदान मिल्नेछ। २०२२ मा वैश्विक इथेनल बजारको मूल्य ९९.०६ बिलियन इमेरिकी डलर थियो अनि २०३२ सम्म ५.१% को सीएजीआरबाट बढ्ने र २०३२ सम्म १६२.१२ बिलियन अमेरिकी डलरलाई पार गर्ने अनुमान गरिएको छ। आईईएअनुसार, नेट जिरो लक्ष्यका कारण २०५० सम्म ३.५-५ गुणा जैव ईन्धन विकास सम्भावना हुनेछ, जसले भारतको लागि एक ठूलो अवसर सिर्जना गर्नेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement