सिलगढी: उत्तर बंगाल विश्वविद्यालयमा स्थायी उपकुलपति नियुक्त गर्न अनि मुख्यमन्त्रीलाई कुलपति नियुक्त गर्ने माग गर्दै तृणमूल छात्र परिषदले उत्तर बंगाल विश्वविद्यालयमा विरोध प्रदर्शन गरेl उक्त प्रदर्शनमा तृणमूल छात्र परिषद्का प्रदेश अध्यक्ष तृणङ्कुर भट्टाचार्य उपस्थित थिए। त्रिनाङ्कुर भट्टाचार्यले राज्यका सबै विश्वविद्यालयमा अराजकताको वातावरण रहेको बताए।

उनले भने, ‘विश्वविद्यालयमा स्थायी उपकुलपति छैनन्। त्यसैले उत्तर बंगाल विश्वविद्यालयबाट शुरु भएको यो विरोध कार्यक्रम विभिन्न विश्वविद्यालयमा पनि जारी रहनेछl’ उनले हरेक विश्वविद्यालयमा स्थायी उपकुलपति नियुक्त गर्न माग गरेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीलाई कुलपति बनाउनु पर्ने माग पनि उठेको छ।