टिस्टा क्यानल डुबेका युवकको शव भेटियो

00-1-A-IMG-20230911-WA0165

सिलगढी: फुलबारी टिस्टा क्यानलमा डुबेर मृत्यु भएका एक युवकको शव फेला परेको छ। शनिबार राति फुलबारी टिस्टा क्यानलमा डुबेर एक युवकको मृत्यु भएको छ। यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। युवकको नाम मृगांक चौधरी (२३) बताइएको छ। उनी सिलगढीको देशबन्धुपाडा क्षेत्रका निवासी रहेको समाचार छ। शनिबार राति टिस्टा क्यानल क्षेत्रमा दुईजना साथी आएको बताइएको छ। त्यसपछि मृगांक एक्कासी पानीमा खसेको समाचार छ। घटनापछि साथीको चिच्याहट सुनेर स्थानीयवासी अगाडि आए तर उनलाई बचाउन सकेनन्।

आज बिहानैदेखि एनजेपी पुलिस चौकीका पुलिस र विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेका थिए। बिहानैदेखि विपद् व्यवस्थापन टोलीले डुबेका युवाको खोजी शुरु गरेको थियो। उनको शव सोमबार बिहान फेला परेको थियो। पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement