वर्ल्ड कपको निम्ति न्यूजील्याण्डद्वारा टीमको घोषणा

IMG-20230911-WA0212.jpg

११ सेप्टेम्बरः यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति न्यूजील्याण्डले आफ्नो टीमको घोषणा गऱ्यो। न्यूजील्याण्डले सोमवार वर्ल्ड कपको निम्ति १५ सदस्यीय टीम चयन गऱ्यो। चोटमुक्त भएर खेलमा फर्किने प्रयास गरिरहेका केन विलियम्सन टीमका कप्तान हुनेछन्। भारतमा वर्ल्ड कप ५ अक्टोबरदेखि शुरु हुनेछ। टुर्नामेण्टको उद्घाटन म्याचमा न्यूजील्याण्डको सामना गत विजेता ईंग्ल्याण्डसँग हुनेछ। विलियम्सनलाई आईपीएलको अवधि फील्डिंग गर्दा चोट लागेको थियो। यसैकारण उनले दाहिने घुँड़ाको सर्जरी गराउनु परेको थियो। यस चोटले गर्दा नै उनी अहिलेसम्म मैदानमा फर्किन सकेका छैनन्। आईपीएलमा उनी गुजरात टाइटन्स टीमको हिस्सा थिए। वर्ल्ड कपको टीममा फिन एलनको स्थानमा विल यंगलाई सामेल गरिएको छ। ईंग्ल्याण्ड विरुद्ध वनडे सीरीजबाट बाहिर भएका पेस बलर काइल जेमिसन र एडम मिल्नेले वर्ल्ड कपमा खेल्नेछैनन्। दुई अनुभवी पेस बलर ट्रेण्ट बोल्ट र जेम्स नीशमलाई पनि टीममा स्थान प्राप्त भएको छ जबकि यी दुवै यस साल न्यूजील्याण्डको केन्द्रीय अनुबन्धमा सामेल छैनन्। वर्ल्ड कपको निम्ति सबै टीमले १५ जना खेलाड़ीको चयन गर्न सक्छ। यसको साथमा ३ जना स्ट्याण्ड बाई पनि राख्न सकिनेछ। वर्ल्ड कपको निम्ति चयन गरिएको १५ सदस्यीय टीममा २८ सेप्टेम्बरसम्म फेरबदल गर्न सकेन।
वर्ल्ड कपको निम्ति न्यूजील्याण्डको १५ सदस्यीय टीमः
केन विलियम्सन (कप्तान), ट्रेण्ट बोल्ट, मार्क चापम्यान, डेवोन कन्वे, लौकी फर्ग्यूसन, म्याट हेनरी, टम लाथम (उपकप्तान, विकेटकीपर), डेरिल मिचेल, जेम्स नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सेण्टनर, ईश सोढ़ी, टिम साउदी र विल यंग।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement