११ सेप्टेम्बरः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा देवीस्थान एफसी, दिलाराम च्याम्पियन भयो। धोतरिया बालासन स्कूल खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा देवीस्थान एफसी-ले जीटी बोइज, लेबोंगलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सञ्जोक भुजेल र छिरिंग भूटियाले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

संक्षिप्तमाः
च्याम्पियनः देवीस्थान एफसी, दिलाराम
रनरअप्ः जीटी बोइज, लेबोंग
प्लेयर अव् द म्याचः छिरिंग भूटिया (देवीस्थान एफसी)
बेस्ट गोलकीपरः सदीप राई (जीटी बोइज)
मोस्ट भेल्यूएबल प्लेयर अव् द टुर्नामेण्टः सञ्जोक भुजेल
हाईएस्ट स्कोररः छिरिंग भूटिया