कालचिनी: उमेरले ठ्याक्कै २५ साल १० महीना १८ दिन पुगेको रोयल बेङ्गल टाइगरको आज निधन भएकोले सम्पूर्ण बन विभागमा शोकको लहर छाएको छ। अलिपुरद्वार जिल्लाको जल्दापाड़ा राष्ट्रिय अभराण्य अन्तर्गत पर्ने दक्षीण खयेरबारी स्थित टाइगर रेस्क्यू सेन्टर (बाघ पुनर्वास केन्द्र) मा रहेको उक्त रोयल बेङ्गल टाइगरको निधन निकै उमेर पुगेकोले भएको विज्ञ सुत्रले जनाएका छन्। लगभग १६ बर्षदेखि उक्त रोयल बेङ्गल टाइगर दक्षीण खयेरबारीको टाइगर रेस्क्यू सेन्टरमा राजा सरह पोषिएर आईरहेको थियो भने पर्यटक तथा पर्यवेक्षकको निम्ति यो मुख्य आकर्षणको केन्द्र बनेको थियो।
जानकारी अनुसार, सुन्दरबनको जङ्गलमा हुर्किएको यो नर बाघको एउटा खुट्टा गोहीको आक्रमणले प्रायः बेकार हुन लाग्दा यिनलाई यहाँ दक्षीण खयेरबारीको टाइगर रेस्क्यू सेन्टरमा ल्याएर उपचार गरिएपछि निको भएको थियो भने त्यस समयदेखि यो नर बाघ दक्षीण खयेरबारीको मुख्य आकर्षण बन्दै आईरहेको थियो। आगामी २३ अगस्तको दिन यिनको २६औँ जन्मदिन पालन गर्ने तम्तयारी बन विभागले गरीरहेकोबीच आज अचानक यी नर बाघ (राजा) को मृत्यु भएको घटनाले बन विभाग स्तब्ध बनेका छन। आज यी राजाको मृत्युको खबर सुनेपछि दक्षीण खयेरबारी स्थित टाइगर रेस्क्यू सेन्टरमा पुगेर अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत जल्दापाड़ाका बन अधिकारी औ मदारीहाट बीडीओ एवम् अन्यान्यले श्रद्धाञ्जली दिएको थियो। दक्षीण खयेरबारी स्थित टाइगर रेस्क्यू सेन्टरमा रहेको यो बुढ़ो बाघको मृत्युले आज सम्पूर्ण जल्दापाड़ा लगायत बन विभागमा गहिरो शोक छाएको बताईएको छ।