एनएच रियालिटी र जीएसएस रम्बी विजयी

IMG-20230911-WA0171.jpg

११ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा भएको पहिलो म्याचमा एनएच रियालिटी लोहापुलले भजने एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल पवन तामाङले गरे। यसरी दिनको दोस्रो म्याचमा जीएसएस रम्बीले एनजेएच मंगवालाई ७-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा भूटियाले ह्याट्रिक गरे। यसबाहेक अब्दुलले २ तथा वांगछेन र सुशिलले १-१ गोल गरे। एनजेएच-बाट छेवांग तामाङले गोल गरे।

टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement