११ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा घैयाबारी फूटबल क्लबले आफ्नो म्याच जित्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको म्याचमा घैयाबारी फूटबल क्लबले जी युनाइटेडलाई ३-२-ले पराजित गऱ्यो। म्याचको दिन आयोजक समितिको तर्फबाट ८० वर्षभन्दा अधिक उमेरका सीनियर सिटिजन्सलाई सम्बर्द्धना पनि जनाइयो।

आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।