११ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो प्री-क्वार्टर फाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको म्याचमा खरसाङको गुञ्जमान एफसी-ले युनाइटेड सीडर्स फूटबल क्लब (यूसीएफसी)-लाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट कुणाल तामाङले २ गोल गरे। यसबाहेक सिद्धार्थ तामाङ, छोगेल तामाङ र रोयिन राईले १-१ गोल गरे। यसरी यूसीएफसी-बाट निखिल राई र सक्षम थापाले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।