मामरिङमा रक्तदान शिविर

IMG-20230911-WA0003.jpg

गान्तोक: लायन्स इन्टरनेशनल अन्तर्गत लायन्स क्लब अफ रम्फूद्वारा नाम्ची जिल्ला अन्तर्गत मामरिङ स्टीट माइक्रो ल्याब कारखानामा एक दिवसीय रक्तदान शिविर आयोजित गरियो। गौतम अग्रवालले जानकारी गराएअनुसार तादोङ मणिपाल अस्पताल ब्लड ब्यांक तकनिकी सहयोगले आयोजित यस शिविरमा अधिकारी, कर्मचारी र परिवारको ६४ यूनिट रक्त संग्रह गरियो। नया रक्तदाताहरुलाई हौसला प्रदान गर्दै प्रमाण पत्र प्रदान गरियो। लायन्स इन्टरनेशनलको रक्त समर्पण अभियान अन्तर्गत यस प्रकार को शिविर आयोजित गरिने जानकारी गराइएको छ।

About Author

Advertisement