नेशनल हाईवेमा बाइक-अटो ठोकिॅंदा दुईको मृत्यु

1000170896.jpg

जलपाइगढ़ी: नेशनल हाईवेमा अटो-बाइक ठोकिॅंदा दुईजनाको मृत्यु भएको छ भने अन्य एक घाइते भएको छ। घटना आइतवार दिउॅंसो लगभग तीन बजी बाग्राकोट चान्दमारी गोलाई छेउ घटेको हो।

पुलिस सूत्रहरू अनुसार, मृतकहरू मायादेवी प्रधान (७१) र बाइक चालक मोहम्मद राहुल (१८) हुन् भने घाइतेको नाम मोहम्मद शाहिद (१९) हो।

मृतक मायादेवी प्रधानका भाई सुदन प्रधान अनुसार, दिदी बाग्राकोटबाट अटोमा आफ्नो सानो भाईको घर उदलाबाडी आइरहेकी थिइन्। बाग्राकोट चान्दमारी गोलाई छेउ अटोको बाइकसॅंग टक्कर भयो। यस घटनामा दिदीको मृत्यु भयो।

घटनामा बाइक चालक राहुल र शाहिद गम्भीर रूपमा घाइते भएका छन्। दुवैलाई पहिला उदलाबाडी ग्रामीण अस्पताल लगियो भने राहुललाई सिलगढी रेफर गरियो। तर, सिलगढी लैजाने क्रममा उनको बाटोमा मृत्यु भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *