विद्यार्थी लापत्ताको घटनाप्रति एसडीएफ चिन्तित

IMG-20230910-WA0281.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले गुजरातको जामनगरमा हराएका विद्यार्थीहरूको सुरक्षाको लागि गहिरो चिन्ता व्यक्त गरेको छ। २८ अगस्तमा रिपोर्ट गरिएको यस घटनामाथि कानूनद्वारा जारी प्रयासहरूको उल्लेख गर्दै बेपत्ता परिवारले अकल्पनीय पीढ़ा भोगिरहेको उल्लेख एसजीएफ पार्टीले गरेको छ। एसडीएफले गुजरात सरकार र पुलिस विभागलाई यस विषयलाई गम्भीरताका साथ लिने अनुरोध गरेको छ। उनीहरूको खोजीमा कुनै कसर बाँकी नराखी आवश्यक सबै उपायहरू लिने आग्रह गर्दै पार्टीले गुजरात सरकारलाई परिस्थितिको तत्काल जानकारी गराउन र अनुसन्धानमा आवश्यक कुनै पनि सहयोगको लागि एसडीएफको पूर्ण सहयोग गर्न पत्र पठाएको छ। पार्टीले गुजरात सरकार र नयाँ दिल्लीलाई पनि यी बेपत्ता विद्यार्थीहरू पत्ता लगाउन मदत गर्न आग्रह गरेको छ। पार्टी यस कठिन समयमा उनीहरूको परिवारको साथमा उभिएको उल्लेख पनि जारी प्रेस बयानमा गरेको छ। यसरी नै एसडीएफ पार्टीले सिक्किम सरकारलाई स्वर्गीय पदम गुरुङ प्रकरणको अनुसन्धानको बारेमा जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ। स्वर्गीय विद्यार्थी संघका अध्यक्षको शव फेला परेको दुई महिनाभन्दा बढी भएको छ त्यसबारे जानकारी गराउने माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement