गोर्खा सेभेन सेमिफाइनलमा

IMG-20230910-WA0268.jpg

१० सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नेपालको टीम गोर्खा सेभेनले सेमिफाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आइतवार भएको म्याचमा गोर्खा सेभेनले ३/९ जीआर-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिल्सन लिम्बुले २ र रिकी श्रेष्ठले १ गोल गरे। यसरी ३/९ जीआर-बाट शिव सुवेदीले गोल गरे। विजेता टीमका पुजन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement