कुचबिहारमा मनिषी पञ्चानन वर्माको ८९औँ तिरोधान दिवस पालन

Capture2-7.png

कुचबिहार: कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट मनिषी पञ्चानन वर्माको ८९औँ तिरोधान दिवस पालन गरियो। कुचबिहार रासमेला मैदानमा आज ९ बजीदेखि उक्त कार्यक्रम शुरू गरियो। यस कार्यक्रममा उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, तृणमूल कङ्ग्रेसको कुचबिहार जिल्लाका चेयरम्यान गिरीन्द्रनाथ बर्मन, कुचबिहार नगरपालिकाका चेयरम्यान रवीन्द्रनाथ घोष सहित अन्य तृणमूल नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमको प्रथममा रास मेला मैदान संलग्न रहेको मनिषी पञ्चानन वर्माको सालिगमा माल्यार्पण गरेपछि कार्यक्रममा आमन्त्रित अतिथिहरूले मनिषी पञ्चानन वर्माको बारेमा बताए। यस अवसरमा तृणमूल कङ्ग्रेसको कुचबिहार जिल्लाका चेयरम्यान गिरीन्द्रनाथ बर्मनले भने, मनिषी पञ्चानन वर्माको तिरोधान दिवस पालन गरिरहेका छौँ। यसको राजनीतिसित कुनै सम्बन्ध छैन। यस कार्यक्रममा सबै राजनैतिक दललाई स्वागत गर्दछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement