नक आउट फुटबल टुर्नामेन्टको आयोजना

Capture3-6.png

सिलगढी: सिलगढीको २ नम्बर बोरोको तर्फबाट सिलगढी रामकृष्ण समिति मैदानमा एक दिवसीय नक आउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। सिलगढी नगरनिगमको १४ नम्बर वार्डस्थित रामकृष्ण समिति मैदानमा आयोजित यस टुर्नामेन्टमा २ नम्बर बोरो अन्तर्गत वार्डहरूबाट विभिन्न टोलीले अंश ग्रहण गरेका छन्। उक्त टुर्नामेन्टको उद्घाटन सिलगढी नगरनिगमका मेयर गौतम देव, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले गरे। यस अवसरमा ८ नम्बर वार्डकी पार्षद शालिनी डालमिया, १४ नम्बर वार्डकी पार्षद श्रावनी दत्त लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement