पञ्चायत चुनाउका विजयी सीपीएम प्रार्थी तृणमूल-मा सामेल

e9b4a876-13b8-46f5-aace-2b1da4cfe0e6-1024x576.jpg

फुलबारी: फुलबारी २ नम्बर ग्राम पञ्चायतको १९/३०८ नम्बर बुथका विजयी सीपीएम प्रार्थी अञ्जुनारा बेगम पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिकको बाहुलीबाट तिनले तृणमूलको झन्डा समाए। तिनीसँगै २ सयजना कार्यकर्ता तथा समर्थकहरू पनि सीपीएम छोडेर तृणमूलमा सामेल भएका छन्। यस अवसरमा जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका महासचिव देवाशीष प्रमाणिक, तृणमूल कङ्ग्रेसको डाबग्राम-फुलबारी ब्लक सभापति सुधा सिंह च्याटर्जी, आईएनटीटीयुसी-को ब्लक सभापति सुकान्त कर, फुलबारी २ नम्बर ग्राम पञ्चायतका प्रधान रफिकुल इस्लाम, फुलबारी २ नम्बर अञ्चल सभापति रबिउल करिम लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement