पब्यूक विद्यालयमा एक दिवसीय रक्तदान साथै स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20230911-WA0000.jpg

एसडीएफ सरकारले २५ वर्षमा नगरेको काम एसकेएम सरकारले गऱ्योः मन्त्री केएन लेप्चा

गान्तोक: स्यारी निर्वाचन क्षेत्र अन्तर्गत पब्युक सरकारी उच्च्त्तर माध्यमिक विद्यालय परिसरमा आज एक दिवसीय रक्तदान शिविर साथै स्वास्थ्य जाँच आयोजना गरियो।

स्यारी निर्वाचनस्तरीय समिति र स्वास्थ्य अनि सामाजिक प्रकोष्ठको पहलमा आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चा रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले वर्तमान सरकारले विभिन्न क्षेत्रमा उल्लेखीय काम गर्दै आए तापनि विशेष गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा अतुलनीय कार्य गरेको बताए। राज्यवासीको हितमा वर्तमान सरकारले दिनरात एक गर्दै काम गरिरहेको जानकारी गराउँदै यस्तो मुख्यमन्त्री खोजेर पनि नपाउने बताए।

विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरू राजधानीको अस्पतालमा उपचारको निम्ति जानु नपरोस् भन्ने उद्देश्यले स्यारी निर्वाचन क्षेत्रमा प्रत्येक चार महिनामा स्वास्थ्य जाँच शिविर आयोजना गर्दै आएको मन्त्री लेप्चाले अवगत गराए। यस निर्वाचन क्षेत्रमा स्वास्थ्य प्रकोष्ठको स्थापना भएको कारण प्रकोष्ठको सहयोगमा यहाँका रोगीहरूलाई उपचारको निम्ति सबै प्रकारको सहयोग पुऱ्याउँदै आएको उनले जानकारी गराए।

रक्तदान शिविरबारे बोल्दै मन्त्री लेप्चाले रक्तदान गर्नाले कसैको जीवन बाँच्न सक्छ र रक्तदाताको पनि शरीर स्वास्थ्य बन्ने बताए। यसरी रक्तदान गर्नाले रक्तचार साथै ह्रदय रोगबाट बाँच्न सकिने उनले मन्तव्य प्रकट गरे। आजको यस शिविरबाट सबै रोगीहरूले लाभ उठाउनु पर्ने मन्त्री लेप्चाले आग्रह गरे।

राज्यका मानिसहरू सबै स्वास्थ हुनुपर्छ भन्ने सोंच राखेर मुख्यमन्त्री तामाङले मोबाइल भिलेज क्लिनिक सेवा शुरू गरेको र यसबाट अहिले ग्रामीण क्षेत्रका मानिसहरूले धेरै लाभ उठाउन सफल बनेको उनले किटान गरे। यसरी नै गरीब जन कल्याण प्रकोष्ठको माध्यमद्वारा रोगीहरूलाई सेवा पुऱ्याउने कार्य सम्पन्न भइरहेको बताउँदै यसबाट धेरै मानिसहरूले सजिलै उपचार सेवा पाउन सकेको उनले दाबी गरे।

यसै क्रममा गरीब जनकल्याण प्रकोष्ठका मुख्य संयोजक मनोज तामाङले आफ्नो सम्बोधनमा एसकेएम पार्टी सरकारमा आएपछि रोगीहरू उपचारको निम्ति तडपिनु नपरेको बताए। विशेष गरेर आर्थिकरूपमा कमजोरवर्गको निम्ति वर्तमान सरकारले सबै प्रकारको उपचारको खर्च उठाउने गरेको र अहिलेसम्म वर्तमान सरकारको उदारवादी सोंचको कारण धेरै जनाले नयाँ जीवन पाउन सकेको जानकारी गराए।

आजको यस कार्यक्रममा रोगीहरूको सेवा हेतु निःस्वार्थ भावनाले काम गर्ने आँगनबाडी कार्यकर्ता, नर्स र आइसीडीएसका कर्मचारीलाई सम्मान जनाइयो। यस अवसरमा रोगीहरूलाई ५ वटा व्हिल चेयर, दुई सय भन्दा अधिकलाई हेयरिङ एड, वाकिङ स्टिक आदि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement