दार्जिलिङ: जीटीए चुनावको विरोधमा दार्जिलिङमा युवा मोर्चाले गरिरहेको रिले अनशन आज तेस्रो दिन जारी रहेको छ। दार्जिलिङको सिंहमारीस्थित गोजमुमो केन्द्रीय कार्यालयमा बसेको युवा मोर्चाको रिले अनशनमा आज तेस्रो दिन युवा मोर्चाको तकभर समष्टीका प्रतिनिधिहरू क्रमैले रचित राई, रोबो सुब्बा, विस्वास गुरुङ, अभिनन्द राई, जितेन राई र समीर गोर्खा आदिले सहभागिता जनाएका छन्। गोजमुमोले उक्त रिले अनशन दार्जिलिङको चौरास्तामा गर्ने योजना बनाए पनि नगरपालिका र प्रशासनबाट अनुमति नपाएको जनाइएको छ। अनुमति नपाए पनि युवा मोर्चाले आफ्नै पार्टी अफिसमा रिले अनशन गरिरहेका छन्। त्यसरी नै गोजमुमोको भातृ संगठन विद्यार्थी मोर्चाले पनि जीटीए चुनावको विरोधमा हस्ताक्षर अभियान आयोजना गरेका छन्। अबको दुई दिनपछि गोजमुमो अध्यक्ष बिमल गुरुङ आफै ४८ घण्टाको रिले भोक हडतालमा बस्ने घोषणा गरेका छन्। तेति हरेर पनि सरकारले नसुने गोजमुमोले अघिल्लो चरणमा अन्य कार्यक्रमहरू आयोजना गर्ने भएको जानकारी प्राप्त भएको छ।