रिनाक: ११ दिवसीय संगीतमय श्री शिव महापूराण कथा प्रवचन एवं श्री गणेश पाठ भव्य रूपमा पालन गरिन साथै आत्मकल्याण एवं संलग्न संस्कृति संरक्षणार्थ तीज महोत्सव एवं गणेश चर्तुर्थीको सुखद उपलक्ष्यमा विश्वविनायक मन्दिर परिसरमा मन्दिर समिति अनि पुराण आयोजक समितिद्वारा एक सभा आयोजना गरियो।
सभामा सिक्किम उपभोक्ता सहकारी संस्थान् सिक्किम सरकारका अध्यक्ष सन्तोष कुमार प्रधान, रिनाक जीपीयूका वार्ड पंचायतहरू दिर्गमाया छेत्री, पुष्प शर्मा, आरीटार जीपीयूका पंचायत सभापतिसहित विभिन्न संघ संस्थाका प्रतिनिधि, मन्दिर समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।
सञ्चारकर्मीसँग कुराकानी गर्दै समितिका अध्यक्ष दिल बहादुर छेत्रीले श्री शिव पुराण आयोजनामाथि विस्तृत रूपमा जानकारी गराउँदै पुराणका व्यास आसनमा प्रमुख कथा वाचक पण्डित उदयराज शास्त्री अनि उप-व्यासमा पण्डित अर्जुन पौड्याल एंव पण्डित रवि मिस्र रहने बताए। यसका साथै पुराण भव्य रूपमा आर्कषित बनाउन भजन गायक गोपाल वशिष्ठको साङ्गीतिक टोली अनि विभिन्न झाँकीहरू रहने थप बताउँदै समस्त धर्मावलम्बी, भक्तजनहरूलाई उक्त कार्यक्रममा उपस्थिति रहने अपील गरे।पुराणको पूर्णाहूति समापनमा व्रतबन्ध गरिने कार्यक्रम राखिएको अनि यस सम्बन्धमा इच्छुकहरूले आयोजक समितिसंग सम्पर्क राखिदिने अपील गरे। यस्तै प्रकारले गणेश मन्दिर समितिका महासचिव महेन्द्र सुब्बाले पनि प्रत्येक वर्ष झैं यस वर्षपनि मन्दिर समितिको तत्वावधानमा शिव महापूराण सो मन्दिर परिसरमा आयोजना भइरहेको जानकारी गराउँदै कलकत्ताबाट धार्मिक मण्डलीद्वारा नाटक मञ्चन गरिने बताए।









