एसडीएफ पार्टीबाट १३ परिवार एसकेएममा सामेल

IMG-20230910-WA0278.jpg

गान्तोक: २५ वर्ष सत्ता हाँकेर बस्ने एसडीएफ पार्टीको अस्तित्व अहिले दरामदिन समष्टिमा दिनप्रतिदिन धराशायी बन्दै गइ रहेको छ। आज सोम्बारिया बजार स्थित पार्टी कार्यालयमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाको उपस्थितिमा दोदक ब्लक वार्डबाट १३ परिवारले एसडीएफ पार्टी त्याग गर्दै आधिकारिक रुपमा एसकेएम पार्टीमा सामेल भए। आज पार्टीमा सामेल हुनेहरूलाई मन्त्री शेर्पाले खदा लगाउँदै पार्टीमा स्वागत जनाउनको साथै पार्टीको झण्डा हस्तान्तरण गरे। यस अवसरमा पार्टीका सीएलसी सचिव सन्तोष छेत्री, पार्टी शुभचिन्तक अरुण गुरुङ, ब्लक स्तरीयका युवा प्रष्कोट हेमन्त विष्ट अनि मनोज विष्टको अगुवाईमा १३ घर परिवारलाई सत्तारूढ एसकेएम पार्टीमा सामेल गराइयो।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको हरेक क्षेत्रमा गरिरहेको निष्पक्षीय जनकार्यबाट आफूहरु प्रेरित बनेको जनाउँदै अबउसो सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नीति सिद्धान्त अनुसार समष्टिमा सबैसँग मिलेर काम गर्ने बताए।

यस समष्टिको विकास र प्रगतिको निम्ति क्षेत्र विधायक लगायत सीएलसी सदस्यहरुको परिवर्तन नयाँ बिहानी नयाँ सोचमा भागीदार बनिने समावेशी नयाँ सदस्यहरुले कटिबद्धता जनाएका छन्। मन्त्रीको साथमा चालक वेलफियर बोर्डका अध्यक्ष सोनाम ओङडुप भोटिया सीएलसी टोली, सत्तारूढ पार्टीका पदाधिकारीगण अनि पार्टी कर्याकर्ताहरुको पनि उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement