दुई दिवसीय स्विमिङ प्रतियोगिताको समापन

n53650906616943641540575545754d76679d607ae3204370561c65bc90958195497adee06b3b017b827f55.jpg

सिक्किमले सबै क्षेत्रमा नाम रोशन गर्दै आएको छः राज्यपाल

गान्तोक: सिक्किम अमेच्योर स्वीमिङ एसोसिएशन द्वारा आयोजित दुई दिवसीय १७औं सिक्किम राज्य स्वीमिङ प्रतियोगिताको आज समापन भयो।

समापन कार्यक्रममा आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरुपमा उपस्थित थिए।

प्रतियोगितामा उपस्थित पौडी खेलाडीहरू अनि अभिभावकहरुलाई सम्वोधन गर्दै राज्यपालले यो प्रतियोगिताको सफल आयोजनको निम्ति आयोजक समितिलाई बधाई दिए। यो प्रतियोगितामा अंशग्रहण गर्ने प्रत्येक खेलाडीहरूलाई पनि राज्यपालले बधाई दिए। सिक्किम राज्यले प्रत्येक क्षेत्रमा राज्य अनि देशमा नाम कमाइरहेको कुरा बताउँदै राज्यपालले खुशी व्यक्त गरे।

खेल, संगीत, शिक्षा साथै देशलाई आइपरेको खण्डमा पनि सिक्किम जहिले पनि अघि आउने गरेको कुरामा उनले गर्व महसुस गरे। हिजोदेखि शुरू भएको दुई दिवसीय प्रतियोगितमा भाग लिने प्रतियोगीहरुले भोलि अवश्य पनि देश अनि विदेशमा आयोजित प्रतियोगिताहरुमा भाग लिएर राज्यको नाम रोशन गर्ने कुरामा उनले विश्वास व्यक्त गरे।

यस प्रतियोगिताबारे बोल्दै मुख्य संरक्षक आदित्य गोलेले सो प्रतियोगिता भव्यरूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे। सिक्किमको पौडी खेलाडीहरूको भविष्य उज्जवल रहेको उनले बताए। यो प्रतियोगिताले निकट भविष्यमा स्वीमिङ क्षेत्रमा अझ दहि््रलो बनाउने कुरामा उनले विश्वास व्यक्त गरेका छन्।

अहिले राज्यमा खेल क्षेत्रलाई प्राथमिकता दिएर प्रत्येक खेललाई प्रोत्साहान दिइरहेकोमा सिक्किम अमेच्योर स्वीमिङ एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रति आभार व्यक्त गरे। राज्यका तैराकहरुको निम्ति सरकारले ओलम्पिक मापदण्ड अनुसारको स्वीमिङ पुल निर्माण गर्ने पहलको निम्ति उनले राज्य सरकारप्रति आभार व्यक्त गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले खेलको क्षेत्रमा गरेको यो लगानीले एकदिन अवश्य पनि सकारात्मक परिणाम आउने कुरामा उनले विश्वास व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *