मन्त्री शेर्पाद्वारा १६ जना मनसुन प्रभावित परिवारलाई राहत राशि प्रदान

IMG-20230910-WA0279.jpg

गान्तोक: मन्त्री एमएन शेर्पाले आज सोरेङ जिल्ला अन्तर्गत दरामदिन निर्वाचन क्षेत्रका मनसुन प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरे। गत केही दिन अघि मनसुनले सोरेङ जिल्लाको विभिन्न ठाउँमा व्यापकरूपमा क्षति पुऱ्याएको थियो भने आज जिल्ला आपदा प्रबन्धन प्राधिकरणको तर्फबाट मन्त्री शेर्पाले प्रभावित परिवालाई क्षतिपूर्ति प्रदान गरे।

विशेष गरेर दरामदिन निर्वाचन क्षेत्रका १६ परिवालाई उनले सहयोग प्रदान गरेका हुन्। यस अवसरमा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल धिराज सुवेदी, महकुमा अधिकारी सनी खरेल लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रभावित परिवारसँग कुराकानी गर्दै मन्त्री शेर्पाले घरबार र जग्गा जमिन गुमाएका लाभग्राहीलाई नजिकैको क्षेत्रमा स्थानान्तरण गरिने र उनीहरुको स्थायी बसोबासका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने आश्वासन दिए। क्षेत्रको जोखिमको मूल्याङ्कन गर्दै, उनले पञ्चायतहरूलाई उनीहरूलाई छुट्याएको जग्गामा उनीहरूको दैनिक जीविकोपार्जन गर्न लाभग्राहीहरूको सहज पहुँचको लागि नजिकैका क्षेत्रहरूमा प्रभावित परिवारहरूलाई स्थानान्तरण गर्नको निम्ति स्थलको पहिचान गर्न निर्देशन दिए। यसका साथै केही सहयोगका लागि उनले परिवारलाई राशन पनि हस्तान्तरण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement