खरसाङ: विदेशमा युरो र डलरमा बिक्री हुने चिया, दार्जीलिङको टोय ट्रेनभन्दा पुरानो चिया उद्योग, ती चिया बगानभित्र आफ्नो जीवन व्यतित गर्दै आउने चिया श्रमिकहरूले भोग्दै आएको पिड़ालाई अङगालेर माननीय मुख्यमन्त्री ममता ब्यानर्जीले चिया श्रमिकहरूलाई जबसम्म न्यूनत रोज लागु हुदैन्, तबसम्मको निम्ति चिया श्रमिकहरूलाई केहि हदसम्म सहयोग पुऱ्याउने निर्णय लिएर चिया श्रमिकहरूलाई धेरै उर्जा प्रदान भएको अनुभव गर्न सकिन्छ भन्ने कुरा राष्ट्रिय तृणमूल कंग्रेस ट्रेड युनियन
सचिव सन्तोष मोक्तानले जनाएका छन्। आजको आधुनिक युगमा चिया श्रमिकहरूले राशीनको जोड़ेर केवल दुईसय दुई रूपियाँ दिनको हाजिरा पाउँदै थियो भने यसभन्दा अघि मुख्यमन्त्री दार्जीलिङ आउँदा चिया श्रमिकको निम्ति दिनको हाजिरा १५% बढ़ाएर दुईसय बत्तीस बनाएको खबरले चिया श्रमिकहरूमा धेरै उर्जा आएको अनुमान लगाउन सकिन्छ भनी बताएका छन्। तिनले अझ भने-मुख्यमन्त्री फेरि पाहाड़ चढ़ने कुराले चिया श्रमिकहरूमा हर्षको लहर छाएको छ। जीटीए बोर्डको शपथ ग्रहणपछि चिया श्रमिकहरूले धेरै दिनदेखि आशा लिएर बसेको चिया सुन्दरी योजनालाई लागु गरि फेरि चिया श्रमिकहरूलाई अर्को उपहार दिनेछन् भन्ने आशा साँचेका छौं अनि यसपाली जुन प्रकारले जीटीए चुनाउपछि बोर्ड गठन भएर काम शुरू हुन्छ जीटीएले पनि चिया श्रमिकहरूको निम्ति कार्य गरेको हुनेछ भनी चिया श्रमिकहरूले आशा साँचेका छन् त्यसर्थ सम्पूर्ण पहाड़भरि रहेका चिया श्रमिकहरूले मुख्यमन्त्रीलाई स्वागत जनाएका छन् भनी तामाङले बताएका छन्।