चिया मजदूरहरूले बिजुलीको कनेक्शन हटाएका छन्: भूपेन बोरा

00-1-Rajya-Samachar-6

गुवाहाटी: प्रदेश कांग्रेस अध्यक्ष भूपेन बोराले राज्यका चिया कमानहरूमा बस्ने चिया जनजातिका मानिसहरूले वाक्क भएर आफ्नो बिजुलीको कनेक्शन खोलेका छन्। एक त बिजुली रहँदैन र त्यसमाथि ८०० रूपियाँभन्दा कमको बिल आउँदैन।

यस्तो स्थितिमा उनीहरूका लागि बिजुलीको कनेक्शन राख्नु महंगो भइरहेछ। यसैले गर्मीमापनि उनीहरू पंखाबिना सुतिरहेका छन्।

कांग्रेस अध्य़क्षले भने, उनको पार्टीको सरकार जहाँ-जहाँ बनेको छ, त्यहाँ गरीबहरूलाई ५०० रूपियाँमा ग्यास सिलेन्डर उपलब्ध गराइँदैछ। कर्नाटक, राजस्थान आदि राज्यहरू सरह बेरोजगारहरूलाई सरकारले बेरोजगारी भत्ता दिनेछ। महिलाहरूलाई सरकारको तर्फबाट प्रत्येक महिना २००० रूपियाँ दिइनेछ। गत केही दिनदेखि म चिया कमानहरूमा लगातार घुमेर त्यहाँको स्थिति हेरिरहेछु। मुख्यमन्त्रीले चिया कमानहरूको समस्या समाधान भएको कुरा गर्छन् जबकि चिया कमानहरूको समस्या अझ् अधिक बढ़ेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement