सांसद राजु विष्टद्वारा नरबहादुर दाहाललाई घरमै पुगेर दिए श्रध्दाञ्जली

IMG-20230910-WA0248.jpg

स्रष्टा नरबहादुर दाहालको देहावसानले हाम्रो साहित्य संसारका एउटा दह्रिलो खाँबो ढलेको छ: सांसद राजु विष्ट

सुकना: सांसद राजु विष्टद्वारा साहित्यकार नरबहादुर दाहाललाई श्रध्दाञ्जली अर्पण गरेका छन्। सासंद राजु विष्टले सुकनास्थित नरबहादुर दाहालको घरमा पुगेर श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति शोक समवेदना प्रकट गरेका थिए। उनले साहित्यकार नरबहादुर दाहालको परिवारका सदस्यहरूसित समय बिताएका थिए। यस सांसद राजु विष्टले विज्ञप्ति जारी गर्दै भनेका छन् -‘नेपाली साहित्यको फाँटमा उमेर अनि ज्ञानले पाको पुस्ता र युवा पुस्ता बीचका सेतु रहिआउनुभएको वयोवृद्ध स्रष्टा नरबहादुर दाहालको देहावसानले हाम्रो साहित्य संसारका एउटा दह्रिलो खाँबो ढलेको छ। उहाँ एकजना ख्यातिप्राप्त वरिष्ठ लेखक र अध्येता हुनुहुन्थ्यो। सन् १९५० को दशकदेखि नै भारतको दार्जिलिङ, असम अनि नेपालको साहित्यक क्षेत्रमा समेत उहाँको नाम सम्मानका साथ लिइन्छ।’ उनले अघि भने, ‘उहाँको नश्वर शरीरले नेपाली साहित्य संसारलाई टुहुरो बनाएको भएता पनि साहित्यका लगभग सबै विधाहरू – बाल साहित्यदेखि लिएर, कविता, कथा, उपन्यास, जीवनी, संस्मरण आदिमा उहाँका प्रकाशित कृतिहरू, उहाँका सम्पादकीय कौशलसँग सम्बन्धित पत्र-पत्रिकाहरूको धरोहर हामीसँग अनन्तकालसम्म जीवित रहने छ र हामीलाई मार्गदर्शन गरिरहने छ।’

उनले अझ भने, ‘उहाँ कृतिहरूको संख्या बढ़ाउनपट्टि मात्रै नलागेर नेपाली भाषा, साहित्य, संस्कृति एवं समाजलाई सही बाटोमा डोऱ्याउने किसिमका गुणस्तरीय एवं गहकिला रचनाहरू भावी सन्ततिलाई दिएर जानुभएको छ। उहाँको छवि एक निर्विवाद एवं निष्कलङ्क साहित्यिक व्यक्तित्वको रहेको छ। नयाँ स्रष्टाहरूलाई मार्गदर्शन गर्ने अनि प्रेरणाका स्रोत रहिआउनुभएको श्री नरबहादुर दाहालको निधनमा हामीले एक अभिभावक नै गुमाएको अनुभूति भइरहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement