दार्जिलिङमा डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको अनावरण

IMG-20230910-WA0240.jpg

जातिभन्दा पनि मानवता ठूलो हो: अनित थापा

दार्जिलिङ: आज अखिल भारतीय नेपाली अनुसूचित जाति संघ, केन्द्रीय समितिको तत्त्वावधानमा, दार्जीलिङ, गोर्खा रङ्गमञ्च भवन परिसरमा स्थापना गरिएको भारतरत्न डा. भीमराव अम्बेडकरको पूर्णाङ्क सालिगको अनावरण जीटीए चिफ् अनित थापाले गरे। कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, “भारतको संविधान कोर्ने ब्यक्तित्वको हामीले भनेको जस्तो सालिग निर्माण गर्न सक्यौं। हामीले गर्व गर्नुपर्छ। यो सालिग सबै भारतीयको निम्ति हो। सालिग निर्माण समितिले धेरै मेहेनत अनि ठूलो सोच राखेर सही जगहमा सालिग स्थापना गरेको छ।”

उनले अझ भने, “डा. भीमराव अम्बेडकरको सोच अनि विचारको कारण हामी आज एक लहरमा बस्नु सक्ने भएका छौं। उहाँले हामीलाई मानवताको पाठ सिकाउनु भयो। यो हाम्रो निम्ति प्रेरणा हो। जातीभन्दा पनि मानवता ठूलो हो। अम्बेडकरले छोडी जानु भएको विचार अनि सोचलाई हामीले अघि लिएर जानुपर्छ। समाजमा उनको मानव ता को सोचलाई फैलाउनु पर्छ। समाजमा व्याप्त कुविचारलाई सुविचारले ढाक्नु पर्छ।”

कार्यक्रममा जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान, दार्जीलिङ्ग नगरपालिकाका अध्यक्ष दिपेन्द्र ठकुरी अनि भागोप्रमो महासचिव अमर लामाको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement