१० सेप्टेम्बरः अष्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्ध ब्लोमफण्टेनमा पहिलो दुईवटा वनडे इण्टरनेशनल क्रिकेट म्याच जीत हासिल गरी आईसीसी वनडे टीम ऱ्यांकिंगमा पाकिस्तानलाई पछि ठेलेर शीर्ष स्थान हासिल गऱ्यो। अष्ट्रेलियाले ओपनर डेविड वार्नर र मीडलअर्डर ब्याटर मार्नस लाबुशेनको शतकको सहायताले दोस्रो वनडे म्याचमा १२३ रनले जीत हासिल गऱ्यो। यसअघि टीमले पहिलो वनडे म्याच पनि ३ विकेटले जितेको थियो। दोस्रो वनडेमा जीत हासिल गरेपछि अष्ट्रेलियाको १२१ रेटिंग पोइण्ट्स भयो अनि उनीहरूले पाकिस्तानलाई १ रेटिंग पोइण्टले पछि छोड़ेर शीर्ष स्थान हासिल गरे। भारत अहिले ११४ रेटिंग पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। गत वर्ष प्रदर्शनमा उतार-चड़ाउले गर्दा अष्ट्रेलियाले शीर्ष ऱ्यांकिंग गुमाएको थियो। उनीहरूले २०२२-मा श्रीलंका विरुद्ध हारको सामना गर्नु परेको थियो अनि एउटा म्याचमा त जिम्बाब्वेले पनि पराजित गरेको थियो। त्यसपछि चाहिँ अष्ट्रेलियाले न्यूजील्याण्ड र ईंग्ल्याण्डलाई ३-०-को समान अन्तरले पराजित गऱ्यो। यस साल मार्चमा अष्ट्रेलियाले भारतमा खेलिएको सीरीजमा पनि जीत हासिल गऱ्यो। अहिले दक्षिण अफ्रिका विरुद्ध लगातार दुईवटा जीतले टीमलाई धेरै फाइदा पुऱ्यायो। पाकिस्तान अहिले एशिया कपमा खेलिरहेको हुनाले समीकरणमा चाँड़ै फेरबदल हुने सम्भावना पनि रहेको छ।