मङपूमा अरुणा लामाको जन्म जयन्ती पालन

ar2.jpg

मङपू: अरुणा लामा संरक्षण समिति तथा मङपू साङ्गेतिक कला एकाईको संयुक्त पहलमा आज मङपू शरण उद्यान पार्कमा स्वर सम्राज्ञी अरुणा लामाको जन्म जयन्ती भव्यताको साथमा पालन गरियो।

उक्त समारोहका प्रमुख अतिथि रतन थापा अनि विशिष्ट अतिथि रेसेप ग्राम पञ्चायत प्रधान पुष्कर सिङगरको बाहुलीबाट अरुणा लामाको तस्विरमा खदार्पण गरेर कार्यक्रम शुरू गरियो।गायक राजेन आलेको अध्यक्षता सम्पन्न कार्यक्रममा सोमछिरिङ लेप्चाले स्वागत सम्भाषाण राखे भने सुरेन्द्र थीङले अरुणा लामाको जीवानीबारे एक-दुई कुरा राखे।

आयोजक समितिको तर्फबाट मङपूका गायिका गरिमा (सिमरण) गुरुङ, गायक प्रसङ्ग राई अनि प्रार्थना गुरुङलाई संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement