रिनक: पश्चिम बङ्गालको बागडोगरा कदमतालास्थित टाइनी टोट्स स्कूल परिसरमा १० जुलाईको दिन आयोजित विशेष कराँते शिविर एवं प्रशिक्षणसहित शिटो-रियो बेल्ट ग्रेडिङको अवसरमा सेल्फ डिफेन्स शिटो-रियो कराँते डु अर्गनाइजेशन अफ् सिक्किमको एक ब्ल्याक बेल्ट खेलाड़ी तथा रिनाक रूङदुङ निवासी निश्चल मुखियालाई सम्वर्द्धना जनाइयो।
दार्जीलिङ ड्र्यागन मार्शियल आर्टस कराँते डू एसोसिएसनद्वारा आयोजित कार्यक्रममा मुख्य अतिथि डा. सञ्जोय दास थिए। यस अवसरमा सिक्किम, दार्जीलिङ, खरसाङ, बागडोगरा आदि स्थानहरूबाट पनि अतिथि एवं खेलाड़ीहरू उपस्थित थिए। पूर्व सिक्किमको रिनाक रूङदुङ निवासी स्वर्गीय कुमार मुखिया अनि धनिका भुजेलको छोरा निश्चल मुखिया कराँतेको क्षेत्रमा सानै उमेरदेखि इच्छुक भएर १५ जनवरी, २०१५ देखि सेल्फ डिफेन्स शिटो-रियो कराते डू अर्गनाइजेसन अफ् सिक्किममा प्रवेश गरेका थिए।
उनले आजसम्म करातेलाई निरन्तर रुपमा अघि बढ़ाएर आइरहेको कराँते प्रमुख प्रशिक्षक तथा सिक्किमका प्रमुख तकनीकी निर्देशक कुलहरि राईले बताए। सर्वप्रथममा वर्ष २०१७-१८ मा कालेबुङ जिल्ला पुलिसद्वारा आयोजित कराते च्याम्पियनसिपमा निश्चलले स्वर्ण पदक हासिल गरेका थिए भने सिक्किमको रम्फू डुगामा सम्पन्न इण्डो नेपाल कराते च्याम्पियनसिप- २०१९ मा प्रथम स्थान लिएर स्वर्णपदक जितेका थिए।
यस्तै प्रकारले उनी स्कूलका वार्षिक उत्सवहरूमा पनि भाग लिॅंदै विजयी बन्दै आएका छन्। उनले खण्ड स्तरीय प्रथम अन्तर स्कूल जुनियर ओलम्पिक २०२२-२१ मा स्वर्ण पदक, मार्च २०२१ मा गान्तोकमा सिक्किम सरकारको खेलकुद विभागद्वारा आयोजित ‘खेलो इण्डिया’ साथै प्रथम अन्तर स्कूल कराते अण्डर १४ मा पनि स्वर्ण पदक जितेका थिए। उनले अब ब्ल्याक बेल्ट प्रथम डानको निम्ति तयारी गरिरहेका छन्।