सिलगढी: नेपालमा आयोजित कराते च्याम्पियनसिप प्रतियोगितामा मेडल जित्ने खेलाडीहरूलाई आज सिलगढी ४६ नम्बर वार्ड जातीय शक्ति संघ व पाठागार क्लबको तर्फबाट सम्मान जनाइयो। स्मरण रहोस्, गत २ र ३ सेप्टेम्बरमा काकरभिट्टामा इन्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सिलगढीका केही नानीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगितामा सिलगढीका ५ जना नानीले ३ वटा गोल्ड, २ वटा सिल्भर र ३ वटा ब्रोन्ज मेडल हत्याउन सफल भएका थिए। आज ती नानीहरूलाई जातीय शक्ति संघ व पाठागार क्लबको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा जातीय शक्ति संघ व पाठागार क्लबका सम्पादक अभिजीत मालाकारले भने, नेपालको काकरभिट्टामा दुई दिवसीय कराते च्याम्पियनसिपको आयोजना गरिएको थियो, जसमा जातीय शक्ति संघ व पाठागारका ५ जना नानीहरूले मोठ ८ मेडल जितेका छन्। यो अति नै खुशीको कुरा हो। यसैले आज क्लबको तर्फबाट ती नानीहरूलाई सम्मानित गरिएको हो।