उठ्यो गोर्खाल्याण्डको मांग
मिरिक: चिया श्रमिक सुरक्षा समितिले आज पाँच डेसीमल जमीनकाे पर्जापट्टाकाे विराेधमा मिरिकमा विशाल जुलुस अनि जनसभाकाे आयाेजना गरेको छ। जुलुस मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र परिसरबाट शुरू भएर कृष्णनगर अनि मिरिक बजारकाे परिक्रमा गरेको थियो। उक्त जुलुसमा अधिवक्ताहरू वन्दना राई, प्रताप खाती, चिया श्रमिक सुरक्षा सहितिका कार्यकारी अध्यक्ष मुन्ना सुब्बा, हाम्राे पार्टी अध्यक्ष अजय एडवर्डस, साकाल देवान, अवकाशप्राप्त आइपीएस नर्बु छिरिङ, नर्बुजी लामा, मिरिक पञ्चायत समिति सभापति कैलास खवास लगायत विभिन्न चियाकमानका चिया श्रमिकहरूकाे व्यापक सहभागिता रहेकाे थियाे। जुलुसमा सहभागी चिया श्रमिकहरूले एकै शब्दमा पाँच डेसीमल जमीनकाे पट्टा थाप्दैनाैं भन्दै हातमा प्ला कार्डहरू बाेकेर विराेध जनाएका थिए। जुलुस मिरिक सुपर मार्केटमा पुगोपछि जनसभामा परिणत भयाे। चिया श्रमिक सुरक्षा समिति मिरिक महकुमा उपाध्यक्ष मनाेज तामाङकाे अध्यक्षता अनि प्रमाेेद राईकाे सञ्चालनमा भएकाे सभामा स्वागत भाषण राेजेस थापाले राखेका थिए भने जुलुस र जनसभा गर्नुकाे उद्देश्यबारे अनिल राणाले बताए।

सभालाई हाम्राे पार्टी अध्यक्ष अजय एडवर्डस, अवकाशप्राप्त आइपीएस नर्बु छिरिङ, नर्बुजी लामा, मिरिक पञ्चायत समिति सभापति कैलास खवास, अधिवक्ताहरू बन्दना राई , प्रताप खाती, साकाल देवान, मुन्ना सुब्बा, तिलक लुङ्गेली, प्रमाेद छेत्री आदिले सम्बाेधन गरेका थिए।सभामा बाेल्दै अधिवक्ता बन्दना राईले अब हामीलाई गाेर्खाल्याण्ड चाहियाे भन्दै हाम्राेमा गाेर्खाल्याण्ड छ भने कसैले दमन गर्नु सक्दैन भने। उनले ल्याण्डलेस जमीनकाे शरणार्थी पर्चापट्टा थाप्न नहुने बताँउदै याे जमीन हाम्राे पिता पुर्खाकाे जमीन हाे भनिन्। उनले हाम्राे भूमि पवित्र भूमि हाे भन्दै हाम्राे जमीन कसैले दिएकाे हाेइन पुर्खाले दिएकाे जमीन हाे। यादि ल्याउनुसक्छ भने सबै जमीनकाे पट्टा ल्याउनुपर्छ। व्यवहारिक कार्य गर्नुपर्छ भनिन्। उनले मुद्दा बेचियाेस, भाषा मासियाेस, जाति मासियाेस भनेर एउटा ठूलाे चक्रब्युह रचेकाे छ। यसकाे लक्ष्य यहाँ गाेर्खाल्याण्ड नहाेस् भन्ने पनि हाे भन्दै हामीले हाम्राे जमीनलाई बचायाैं भने मात्रै अलगराज्य गाेर्खाल्याण्ड हुनेछ भनिन्। उनले नथाप्नेलाई नाेक्सान हुन्छ भन्दैछ।हाम्राेमा सबै छ। ताताे खाउ जली मराैं भन्ने काम गर्नु हुँदैन। कदापी पाँच डेसीमल जमीन थाप्नु हुँदैन भन्दै सतर्क बस्नुपर्छ। यहाँ मेची तराउने ठूलाे षड्यन्त्र हुँदैछ भनिन्। उनले यदि हामीलाई सबै जमीनकाे पर्टा नदिएर वुई वान्ट गाेर्खाल्याण्ड भन्दै यदि दिएन भने गाेर्खाल्याण्डकाे बाटाे छ। सबैले गाेर्खाल्याण्ड माग्छ। हामीलाई आफ्नाे जमीन प्याराे छ भनिने उनले एकातिर चियाकमान जीटीए क्षेत्रमा पर्दैन भन्छ अर्काेतिर चिया श्रमिकहरूकाे भाेट चै चाहिन्छ। भाेट पाएपछि चिया श्रमिकहरूलाई गाली गर्नेहरूकाे विनास हुनेछ भनिन्। उनले कुनै पनि प्रावधान ल्याँउदा जनतालाई साेध्नुपर्छ भन्दै जनता भुँईमा बसेकाे, सडकमा निस्केकाे राम्राे हाेइन भनिन्। उनले फेरि पनि गाेर्खाल्याण्डकाे लागि सबै संगठित हुनपर्छ भन्दै गाेर्खाल्याण्ड भयाे भने हामी नै सबै थाेक गर्नुसक्छाैं। तर अब गाेर्खाल्याण्ड माग्दा काँध दह्रिलाे चाहिन्छ भनिन्। उनले सत्तामा बस्नेहरूले जतासुकै बाेल्नु हुँदैन।

जीटीए चिफले आफ्नाे कार्यकर्ता, नेता अनि विधायकहरूलाई कसरी बाेल्नुपर्छ सिकाउनुपर्छ भन्दै जतासुकै बाेल्दा गलत सन्देश जान्छ। जीटीए चिफले यसबारे स्पष्टीकरण दिनुपर्छ भनिन्।









