वार्नर र लाबुशेनको शतकले अष्ट्रेलयाको एकतर्फी जीत

IMG-20230910-WA0148.jpg

१० सेप्टेम्बरः अष्ट्रेलियाले डेविड वार्नर र मार्नस लाबुशेनको विध्वंशी शतकको सहायताले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक दक्षिण अफ्रिकालाई १२३ रनले सजिलै पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ५ वटा म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। ब्लोमफण्टेनको मांगाउंग ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३९२ रनको विशाल स्कोर बनायो। वर्ल्ड कपको ठीक अघि फर्ममा फर्किने वार्नरले ९३ बल खेलेर १२ वटा चौका र ३ वटा छक्काको साथ १०६ रन बनाए। यसरी लाबुशेनले ९९ बल खेलेर १९ वटा चौका र एउटा छक्काको साथ १२४ रन बनाए। यी दुई बाहेक ट्रेविस हेडले ९ वटा चौका र ३ वटा छक्काको साथ ३६ बलमा ६४ रन बनाए। जोश ईंग्लिशले पनि ३७ बलमा ५० रन (७ वटा चौका र एउटा छक्का)-को योगदान दिए। वार्नरले हेडसँग मिलेर ७१ बलमा १०९ रनको ओपनिंग पार्टनरशीप गरे। त्यसपछि वार्नरले फेरि लाबुशेनसँग मिलेर तेस्रो विकेटको निम्ति १५१ रनको पार्टनरशीप गरे। दक्षिण अफ्रिकी बलरहरूमा स्पिनर तबरेज शम्सीले सर्वाधिक ४ विकेट लिए। जवाफमा दक्षिण अफ्रिकी टीम ४१.५ ओभरमा २६९ रन बनाएर अलआउट भयो। हेनरिक क्लासेन र डेविड मिलरले ४९-४९ रन बनाए। क्लासेनले ३६ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक कप्तान तेम्बा बावूमाले ४६ र क्विण्टन डी ककले ४५ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा स्पिनर एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए। यसबाहेक सीन एबट, नेथन एलिस र आरोन हार्डीले २-२ विकेट हासिल गरे। लाबुशेनलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement