यूएस ओपनः महिला एकलमा १९ वर्षीय कोको गौफ च्याम्पियन

IMG-20230910-WA0125.jpg

१० सेप्टेम्बरः अमेरिकाकी १९ वर्षीय कोको गौफले यूएस ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। उनले फाइनलमा बेलारुसकी एरीना सबालेंकालाई २-६, ६-३, ६-२-ले पराजित गरिन्। यो उनको लगातार १२औं म्याचमा जीत पनि हो। न्यूयोर्कको अर्थर ऐश स्टेडियममा खेलिएको फाइनलमा छैटौं वरीयता प्राप्त गौफले पहिलो सेट गुमाए पनि असाधारण पुनरागमन गर्दै दोस्रो वरीयता प्राप्त सबालेंकालाई पराजित गरिन्। म्याचको अवधि सबालेंकाले मेडिकल टाइम आउट पनि लिनु पऱ्यो।

यसरी कठिनाईहरूको सामना गर्दै गौफले करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब जित्नमा सफलता हासिल गरिन्। यस जीतको साथै उनले इतिहास रचिन्। उनी १९९९ पछि यूएस ओपनको खिताब जित्ने पहिलो टीनेजर खेलाड़ी बनिन्। १९९९-मा सेरेना विलियम्सले यस्तो गरेकी थिइन्।
गौफ विरुद्ध फाइनल अघिसम्म सबालेंकाको यस साल मेजर टुर्नामेण्टहरूमा जीत-हारको रेकर्ड २३-२ रहेको थियो। अर्थात, उनले ग्राण्ड स्ल्यामहरूमा २३ वटा म्याच जितेर केवल २ वटा हारेकी थिइन्। यसबाहेक सबालेंकाले यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको खिताब पनि जितेकी थिइन्। आउँदो हप्ता उनी विश्वकी नम्बर एक खेलाड़ी पनि बन्नेछिन्। आउँदो हप्ता गौफको ऱ्यांकिंगमा पनि सुधार हुनेछ अनि उनी ६ नम्बरबाट विश्वकी तेस्रो नम्बरकी खेलाड़ी बन्नेछिन्।

अर्थर ऐश स्टेडियममा २८,१४३ दर्शकहरूका उपस्थितिबीच खेलिएको फाइनलमा गौफको शुरुवात असल रहेन अनि उनले पहिलो सेट २-६-ले गुमाइन्। त्यस समय दर्शकहरूलाई सबालेंकालाई चियर गरिरहेको देखिएको थियो तर दोस्रो सेटदेखि अलग दृश्य देखियो। गौफले दोस्रो सेट ६-३-ले जित्नको साथै घरेलु दर्शकहरूले उनलाई समर्थन गर्न थाले। दर्शकहरूका समर्थन पाएर उत्साहित गौफले तेस्रो सेट जितेर ट्रफी जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement