१० सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा मूण्डा गोट खड़काले सोनादा युनाइटेडलाई ४-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा १३ नम्बर एफसी-ले भुजेल गाउँलाई १-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।