युनाइटेड ब्रदर्स र मगरजुंग एफसी विजयी

IMG-20230910-WA0076.jpg

१० सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा फाइभ ए साइड नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। फुवागढ़ी लामेटार ग्राउण्डमा भएको पहिलो म्याचमा युनाइटेड ब्रदर्सले किशालय संघ, सिलगढ़ीलाई ७-३-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा मगरजुंग एफसी-ले यंग बोइज च्याँगालाई २-१-ले पराजित गऱ्यो। आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement