नरसिंगपुर फूटबल एकाडमी क्वार्टर फाइनलमा

photocollage_20239100448955.jpg

९ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा नरसिंगपुर फूटबल एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो । रामझोड़ा फूटबल मैदानमा शनिवार खेलिएको म्याचमा नरसिंगपुर फूटबल एकाडमीले जयगाउँ युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट कुशाल साचाले २८औं र अमन साईबोले ३५औं मिनटमा गोल गरे। यसरी जयगाउँ युनाइटेडबाट रोहित तामाङले ७७औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी अमन साईबोलाई हीरो अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement