कालेबुङमा भाजपा दार्जिलिङ जिल्ला कमिटीको सभा सम्पन्न

IMG-20220711-WA0190.jpg

कालेबुङ: कालेबुङमा भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको जिल्ला स्तरीय कार्यकारिणी सभा कालेबुङस्थित एक होटलमा सम्पन्न भएको छ। सभामा भाजपा जिल्ला अध्यक्ष कल्याण देवानको अध्यक्षतामा अनि दार्जिलिङको सांसद राजु विष्ट अनि खरसाङ विधानसभाका विधायक विष्णु प्रसाद शर्मा, भाजपा राज्य समिति सदस्य मनोज देवान, हरिप्रसाद निरौला, बीएक राई तथा राज्य संगठन महामन्त्री अमिताभ चक्रवर्ती, तथा अन्य प्रभारीहरुको विशेष उपस्थितिमा बसेको उक्त सभामा पार्टीको साङ्गठनिक संरचना निर्माणबारे चिन्तन गरिएको जानकारी प्राप्त भएको छ।

सभामा गत महिना मणिपुर पैह्रोमा परेर आफ्नो जीवन अर्पण गर्ने शहीदहरुप्रति श्रध्दाञ्जली अर्पण गरेर सुरु गरेको उक्त बैठकमा वक्ताहरुले साङ्गठनिक तथा जातीय मुद्दामा आ-आफ्नो वक्तव्य राखेका थिए।

About Author

Advertisement