९ सेप्टेम्बरः अनुभवी दानिल मेदवेदेवले रोमाञ्चक सेमिफाइनल म्याचमा गत विजेता तथा विश्वका नम्बर एक खेलाड़ी कार्लोस अल्काराजलाई पराजित गरी सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टको फाइनलमा प्रवेश गरे। तेस्रो वरीयता प्राप्त रुसका खेलाड़ीले अर्थर ऐश स्टेडियममा ३ घण्टा १९ मिनटसम्म चलेको म्याचमा स्पेनिश खेलाड़ीलाई ७-६, ६-१, ३-६, ६-३-ले पराजित गरे। यस जीतको साथै मेदवेदेवले अल्काराजसँग विम्बल्डनको सेमिफाइनलमा हारको हिसाब पनि चुक्ता गरे। पुरुष एकलको फाइनलमा मेदवेदेवको भिड़न्त सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचसँग हुनेछ। यो २०२१ यूएस ओपन फाइनलको रीम्याच हुनेछ। साल २०२१-को फाइनलमा २७ वर्षीय मेदवेदेवले जोकोविचलाई पराजित गरी सर्बियाई दिग्गजको करियर ग्राण्ड स्ल्याम जित्ने सपनालाई चकनाचूर पारेका थिए।
यसरी नै विश्वका नम्बर दुई खेलाड़ी जोकोविचले अमेरिकाका बेन शेल्टनलाई सीधा सेटमा ६-३, ६-२, ७-६-ले पराजित गरी फाइनलमा स्थान बनाए। यस जीतको साथै ३६ वर्षीय जोकोविच सातौंपल्ट यूएस ओपनको फाइनलमा पुगे। फाइनलमा मेदवेदेवलाई पराजित गर्न सके उनी ओपन युगलमा यूएसओपन जित्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी बन्नेछन्। यसको साथै उनले पुरुष र महिला दुवै वर्ग मिलाएर सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्ने मार्गरेट कोर्टको रेकर्डलाई तोड़्नेछन्। जोकोविचको नाममा अहिले २४ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ।