जी-२० सम्मेलनको लागि केन्द्र सरकारलाई मुख्यमन्त्रीको बधाई

IMG-20230630-WA0414.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा भएको आयोजित जी-२० सम्मेलनको लागि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारलाई बधाई दिए। सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्रीले नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनको भव्य सफलताको लागि प्रधानमन्त्रीलाई बधाई दिएका हुन्। यो महत्त्वपूर्ण कार्यले अन्तर्राष्ट्रिय सहयोग र कूटनीतिलाई बढावा दिन भारतको प्रतिबद्धता देखाएको उल्लेख गर्दै मुख्यमन्त्रीले गतिशील नेतृत्वमा भएको अथक प्रयास र विश्व जगतमा हाम्रो देशको ख्याति बहुमूल्य प्रमाण भएको विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले जी-२० शिखर सम्मेलनले विश्वभरका नेताहरूलाई एकै ठाउँमा ल्याएर महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरूमा छलफल र सहयोगलाई बढावा दिएको उल्लेख गरेका छन्। उनले आज विश्वले सामना गरिरहेका जटिल चुनौतिहरुको दिगो समाधान खोज्न भारतले आवश्यकता अनुसार काम गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement