बिजनबारी: गत केहि दिन अघिदेखि नेपालको पहाडी जिल्लाबाट भित्रिने इस्कूस लगायतको सब्जीहरुले दार्जिलिङ पहाडमा खेतीपाती गर्ने किसानहरु मर्कामा परेको खबरहरु प्रकासमा आउन थालेको छ। यसै क्रममा यसलाई बन्द गर्नुपर्ने जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेलले बताएका थिए। यो कदम साच्चै नै गर्नुपर्ने बिजनबारी भेगका इस्कूस खेती गर्ने किसानहरुले माग उठाएका छन। यसको असर बिजनबारी भेगको पन्द्र गाउँहरु सगै क्षेत्रमा सानाठुलो बजारहरुको व्यापार ठप्प भएको छ उनीहरूको भनाई छ।अर्कोतिर सागसब्जीसगै अबैध रूपमा भित्रिने मासुले पनि यस क्षेत्रका किसानहरूमा ठुलो मर्का परेको उनीहरूको भनाइ छ।