तस्करी अगावै सिलगढीमा चोरी भएको वाहन उद्धार

a5b1c365-03f0-4619-87d1-1911330ad761-1024x576-1.jpg

सिलगढी: एनजेपी थाना पुलिसले तस्करी गर्न अगावै चोरी भएको चार चक्के वाहनसहित तीन जनालाई पक्राउ गरेको छ भने यस घटनामा पक्रा पर्नेहरूमा गणेश कुमार, रञ्जीत कुमार र राहुल कुमार राय सामेल छन्। ती सबै आरोपीहरू बिहार निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार पुलिसलाई बिहारबाट चोरी गरेको एउटा स्कर्पियो वाहन सिलगढी हुँदै असम लगिरहेको थाहा पाएपछि शुक्रवार साँझ पुलिसले नौकाघाट मोड़मा छापेमार अभियान चलाएर एउटा वाहनलाई रोके। उक्त वाहनको कुनै वैध कागज-पत्र नभएपछि पुलिसले उक्त वाहनलाई आफ्नो नियन्त्रणमा ल्याए। सोधखोज अवधि वाहनमा लगाइएको नम्बर नकली रहेको थियो। आज ती सबै आरोपीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement