भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालेबुङ महकुमा ले आयोजना गरेको पार्टीकाे तेस्रो स्थापना दिवसमा दिइएको भाषणको अंश:

IMG-20230909-WA0301.jpg

“परम्परा, संस्कृति, किपट, क्षेत्रीयता अनि जमीनको अधिकारको सुरक्षा नै भागोप्रमो को प्रमुख मुद्दा हुनेछ।” अनित थापा,अध्यक्ष

  • समय भन्दा बलवान अनि धर्य भन्दा ठूलो कुनै शक्ति छैन अब हाम्रो आगामी दिनको मन्त्र हुनेछ।
  • मेरो राजनैतिक यात्रा संघर्षमय नै छ। हेर्दा सजिलो तर संघर्षमय छ। हाम्रो राजनैतिक यात्रा सकारात्मक राजनीति स्थापना गर्ने यात्रा थियो। हामीले विचारको लडाईमा अघि बढ्यौ। यही यात्रामा नयाँ समीकरण मार्फत् भागोप्रमो स्थापित गर्यौ।
  • पहाडको इतिहासमा भागोप्रमो पहिलो राजनैतिक दल हो जसले स्थापना भएको दुई वर्ष भित्र हामीले दिएको वचन पूरा गर्यौ।
  • गोर्खाल्याण्ड हाम्रो मुटुको ढुकढुकी हो। तर गोर्खाल्याण्ड राजनैतिक पार्टीले माग्ने मुद्दा होइन। नेपाली भाषाले संवैधानिक मान्यता पाउनुको कारण कुर्सी बिनाको आन्दोलनको कारण थियो।
  • हाम्रो सोच अनि विचारको जीत भएको छ। ९२% ग्राम पञ्चायतको भोट BGPM को पक्षमा छ। हाम्रो यो जीतलाई निरन्तरता दिनु पर्छ।
  • हामीलाई हाम्रो किपट बचाउनु पर्छ। वनसाङ्लोले घर साङ्लोलाई खानु आँटेको छ भनेर पञ्चायत चुनाव समय भनेको थिए। वनसाङ्लोको प्रयास अनि षड्यन्त्रलाई जनताले विफल बनाइदियो। वनसाङ्लोको हार हाम्रो किपटको जीत हो।
  • हामीले हाम्रो संस्कृतिलाई बचाउनु पर्छ। पहाडमा सबै धर्म अनि संस्कृतिको मिलन छ। तर हाम्रो पहाडको पुर्खाहरुले गरील्याएको पारम्परिक संस्कार अनि धार्मिक अनुष्ठान हरूमा पनि हस्तक्षेप हुँदैछ।
  • हामीले हाम्रो प्रकारले हनुमान जयन्ती, राम नवमी मनाएको हुनुपर्छ। हाम्रो संस्कृति माथि आक्रमण हुँदैछ।
  • नेपाली बाहुल्य सिलिगुडीमा पनि संस्कृति माथि आक्रमण भयो। हामी छरपस्ट बन्यौ। हाम्रो संस्कृति, पर्व, धर्म पहाडे संस्कृति अनुरूप मनाउनु पर्छ। हामी सचेत हुनु पर्छ। गोर्खा संस्कृति अनि धार्मिक परम्परा बचाउनुपर्छ। हामीले हाम्रो किपट नै गुमाई पठायौं भने हाम्रो अस्तित्व नै खतरामा पर्नेछ। हाम्रो संकृति , हाम्रो परम्परा नै हाम्रो पहिचान हो। संस्कृति बाँच्यो भने जाती बाँच्ने छ।
  • हामी जन आकाङ्क्षाको विरोधमा कहिले जाँदैनौं। उहाँहरूलाई खुल्ला रूपमा बोल्ने परिवेश बनाइदिएका छौं। म आज प्रण गरेर जान्छु, मेरो बाजे बराजुले सिञ्चेको सबै जमीनको अधिकार म दिलाउनेछु। चाहे त्यो 5 डेसिमल होस या 5 एकार जमीन सबै जमीनको अधिकार म दिलाउनेछु।
  • मैले तपाईहरुको गुनासो स्वीकार गरे, बुझे। अब अधिकार दिलाउने यात्रामा मलाई सहयाेग गर्नुहोस। यो यात्रा सँगै हिडौँ।
  • परम्परा, संस्कृति, किपट, क्षेत्रीयता अनि जमीनको अधिकारको सुरक्षा नै BGPM को प्रमुख मुद्दा हुनेछ।
  • सरकारलाई बुझाउनु सक्ने शक्ति अनि धर्य मेरोमा छ। जसरी गोर्खाल्याण्डको मुद्दा राजनीति गरेर डुबाई पठायौं, जमिनको मुद्दा माथि राजनीति गरेर जनतालाई नडुबाऔं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement