ममता ब्यानर्जी जिन्दावाद नाराको साथमा मुख्यमन्त्रीलाई खरसाङमा भव्य स्वागत

SAVE_20220711_153440.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हुने जीटीए सभाको शपद ग्रहण समारोहमा सहभागी हुनलाई सोमबार पहाड़ आएकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा भव्य स्वागत जनाइएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्नलाई हिल तृणमूल कंग्रेस र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उनी बाघडोगरा हवाई अड्डामा ओर्लेर सड़क मार्ग हुँदै पहाड़ चढेकी थिइन्। उनलाई यसावधि खरसाङमा भव्य स्वागत गरिएको थियो। मुख्यमन्त्रीलाई स्वागत गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा आफै उपस्थित रहेका थिए। अनित थापा साथै तृणमूल कंग्रेसको नेता बिन्नी शर्मा पनि खरसाङमा मुख्यमन्त्रीलाई स्वागत गर्नलाई खरसाङमा नै उपस्थित रहेका थिए। मुख्यमन्त्री खरसाङमा आएपछि यहाँको मोटर स्ट्याण्डमा केही क्षण गाड़ीबाट ओर्लेर जनताको अभिवादन स्वीकार गरेका थिए। मुख्यमन्त्रीसितै भागोप्रमो अध्यक्ष अनित थापा पनि मुख्यमन्त्रीसितै रहेर जनतालाई अभिवादन गर्दै हात हल्लाए। खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले ममता ब्यानर्जी जिन्दावाद, अनित थापा जिन्दावादको नारा लगाएका थिए। खरसाङबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको गाड़ीमा नै चढेर दार्जिलिङतर्फ प्रस्थान गरेका थिए। मुख्यमन्त्री आज दार्जिलिङमा हुने जीटीए सभाको शपद ग्रहण समारोहमा सामेल हुने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement