परम्परा, संस्कृति, किपट, क्षेत्रीयता अनि जमीनको अधिकारको सुरक्षा नै भागोप्रमोको प्रमुख मुद्दा हुनेछ: अनित थापा

IMG-20230909-WA0303.jpg

कालेबुङ: समयभन्दा बलवान अनि धैर्यभन्दा ठूलो कुनै शक्ति छैन अब हाम्रो आगामी दिनको मन्त्र हुनेछ भनी कालेबुङमा सम्पन्न भागोप्रमो पार्टीको तेस्रो स्थापना दिवसमा पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाले बताएका छन्। उनले भने, मेरो राजनैतिक यात्रा संघर्षमय नै छ। हेर्दा सजिलो तर संघर्षमय छ। हाम्रो राजनैतिक यात्रा सकारात्मक राजनीति स्थापना गर्ने यात्रा थियो। हामीले विचारको लडाईमा अघि बढ्यौ। यही यात्रामा नयाँ समीकरण मार्फत् भागोप्रमो स्थापित गर्यौं।
पहाडको इतिहासमा भागोप्रमो पहिलो राजनैतिक दल हो जसले स्थापना भएको दुई वर्षभित्र हामीले दिएको वचन पूरा गर्यौं।”
उनले अघि भने, गोर्खाल्याण्ड हाम्रो मुटुको ढुकढुकी हो। तर गोर्खाल्याण्ड राजनैतिक पार्टीले माग्ने मुद्दा होइन। नेपाली भाषाले संवैधानिक मान्यता पाउनुको कारण कुर्सी बिनाको आन्दोलनको कारण थियो। हाम्रो सोच अनि विचारको जीत भएको छ। ९२% ग्राम पञ्चायतको भोट भागोप्रमोको पक्षमा छ। हाम्रो यो जीतलाई निरन्तरता दिनुपर्छ।’
उनले अझ भने, ‘हामीलाई हाम्रो किपट बचाउनुपर्छ। वनसाङ्लोले घर साङ्लोलाई खानु आँटेको छ भनेर पञ्चायत चुनाव समय भनेको थिए। वनसाङ्लोको प्रयास अनि षड्यन्त्रलाई जनताले विफल बनाइदियो। वनसाङ्लोको हार हाम्रो किपटको जीत हो।हामीले हाम्रो संस्कृतिलाई बचाउनु पर्छ। पहाडमा सबै धर्म अनि संस्कृतिको मिलन छ। तर हाम्रो पहाडको पुर्खाहरुले गरी ल्याएको पारम्परिक संस्कार अनि धार्मिक अनुष्ठानहरूमा पनि हस्तक्षेप हुँदैछ।’
थापाले अघि भने, ‘हामीले हाम्रो प्रकारले हनुमान जयन्ती, राम नवमी मनाएको हुनुपर्छ। हाम्रो संस्कृतिमाथि आक्रमण हुँदैछ।
नेपाली बाहुल्य सिलगढीमा पनि संस्कृतिमाथि आक्रमण भयो। हामी छरपस्ट बन्यौं। हाम्रो संस्कृति, पर्व, धर्म पहाडे संस्कृति अनुरूप मनाउनुपर्छ। हामी सचेत हुनु पर्छ। गोर्खा संस्कृति अनि धार्मिक परम्परा बचाउनुपर्छ। हामीले हाम्रो किपट नै गुमाई पठायौं भने हाम्रो अस्तित्व नै खतरामा पर्नेछ। हाम्रो संकृति, हाम्रो परम्परा नै हाम्रो पहिचान हो। संस्कृति बाँच्यो भने जाती बाँच्ने छ।’
उनले अझैं भने, ‘हामी जन आकाङ्क्षाको विरोधमा कहिले जाँदैनौं। उहाँहरूलाई खुल्ला रूपमा बोल्ने परिवेश बनाइदिएका छौं। म आज प्रण गरेर जान्छु, मेरो बाजे बराजुले सिञ्चेको सबै जमीनको अधिकार म दिलाउनेछु। चाहे त्यो ५ डेसिमल होस या ५ एेकर जमीन सबै जमीनको अधिकार म दिलाउनेछु। मैले तपाईहरुको गुनासो स्वीकार गरे, बुझे। अब अधिकार दिलाउने यात्रामा मलाई सहयाेग गर्नुहोस। यो यात्रासँगै हिडौँ। परम्परा, संस्कृति, किपट, क्षेत्रीयता अनि जमीनको अधिकारको सुरक्षा नै भागोप्रमोको प्रमुख मुद्दा हुनेछ।

सरकारलाई बुझाउनु सक्ने शक्ति अनि धर्य मेरोमा छ। जसरी गोर्खाल्याण्डको मुद्दा राजनीति गरेर डुबाई पठायौं, जमिनको मुद्दा माथि राजनीति गरेर जनतालाई नडुबाऔं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement