गोरुवथान: बिगत केही दिन अघि मणिपुरमा भएको भयवह पैह्रोको चपेटमा परि देशका धेरै सैनिकहरूले आफ्नो अमूल्य जीवन गुमाएका थिए। आज ती शहीद सिपाहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सिंगबुली निम्न प्रान्तका १४ वटा स्वनिर्भल दलका सदस्यहरू मिली मोमबति जलाइ श्रद्धाञ्जली अर्पण गरे। देशको सिपाहीहरूको त्याग र बलिदान धेरै अमूल्य छ आज एउटा देशले अर्को देशलाई कमजोर बनाउन विभिन्न रणनिति तयार गरिरहेको छ आक्रमण गरिरहेको छ तर हाम्रो देशको सिपाहीको विरताले गर्दा भारत आज एउटा शक्तिशाली राष्ट्रको रूपमा खडा छ त्यसैले हामी सुरक्षित छौ स्वतन्त्र छौ भन्दै समुहका सदस्य श्रीमती नम्रता राईले सिपाहीको प्रशंसा गर्दै आफ्नो बिचार प्रकट गरे।