खरसाङ: सन् २००४ मा स्थापना भएको नारीशीप खरसाङको वार्षिक सभा सम्पन्न भएको छ। उक्त वार्षिक सभा यसको सभापति प्रभा छेत्रीको अध्यक्षता र बिमला लामाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा सावित्री छेत्री, बिमला लामा र सभापति प्रभा छेत्रीले सम्बोधन गरेका थिए। सभामा नारीशीप संगठन विषयमा चर्चा परिचर्चा गरिएको थियो। यस संगठनले अहिलेसम्म नारीहरूलाई लिएर विभिन्न कार्यहरू गर्दै आएका छन् अनि विशेष गरेर घरेलु हिंसा र नारीमाथि भईरहेको विभिन्न अन्यायहरू विरूध्द कार्यहरू गर्दै आईरहेको बताइएको छ। यस संगठनलाई अब सुदृड गरेर अघि लाने अनि संस्थालाई सक्रिय रूपमा अघि बढाउन कार्य गर्नलाई पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ।

उक्त नयाँ कमिटीमा सभापति प्रभा छेत्री, उप सभापतिमा निरा प्रधान र रजनी मुखिया, सचिव बिमला तामाङ, सह सचिवमा भारती भुजेल र रेणुका लेप्चा, कोषाध्यक्षा रेणु प्रधान, सह कोषाध्यक्षामा अल्पना छेत्री र अनिता लामा, कानुनी सल्लाहकारमा पंकज गुप्ता, सल्लाहकारमा दुर्गा प्रधान, सावित्री छेत्री, दिपा छेत्री, कमला लेप्चा, सोकिप तामाङ लगायत सातजना कार्यकारी सदस्याहरू चयन भएका छन्।