कोलकाताः पश्चिम बंगाल सरकारले पनि नयाँ शिक्षा नीतिको विज्ञप्ती जारी गरेको छ। शनिवार जारी यस विज्ञप्तीमा राज्यको शिक्षा व्यवस्थामा धेरै ठूला फेरबदलबारे जानकारी दिइएको छ।१७८ पन्नाको यस विज्ञप्तीमा भनिएको छ, २०३५ अघि राज्य शिक्षा व्यवस्थामा परिवर्तन हुनेछ। नय़ाँ शिक्षा नीतिमा केन्द्रिय शिक्षा नीतिका केही अंश सामेल गरिएका छन् जबकि धेरै फसेलाहरू राज्य सरकारले स्वयं गरेको छ। यसमा एक साल प्री प्राइमरी क्लास र चार साल प्राथमिक क्लास गर्ने कुरा गरिएको छ।
यसपछि पाँचौंदेखि आठौंसम्म माध्यमिक शिक्षा हुनेछ र नौऔं र दशौं श्रेणीमा मेट्रिकको परीक्षा हुनेछ। आठौं कक्षादेखि नै सेमेस्टरको शुरूआत हुनेछ। ११औं र १२औं कक्षामा पनि सेमेस्टर वाइज परीक्षा लिइनेछ। २०२४ मा जुन छात्रले ११औं र १२औंमा एडमिशन लिनेछन्, उनीहरूमाथि यो नियम लागू हुनेछ। २०२६ मा सेकेन्डरी परीक्षाको परिणाम घोषित हुनेछ, जसमा नयाँ शिक्षा नीति मुताबिक नम्बर दिइनेछ। नयाँ शिक्षा नीतिमा मातृभाषा र अंग्रेजीलाई समान महत्व दिने भनिएको छ। यसमा स्पष्ट गरिएको छ, बंगालमा पढ्नेहरूले बांग्ला र अंग्रेजी पढ्नै पर्नेछ। तेस्रो भाषाको रूपमा छात्रले आफ्नो मनपर्ने भाषा रोज्न सक्छन्।
-हिस