जोरबंग्लो (वाईबी) र टीडीएस तामसिंग विजयी

IMG-20230909-WA0379.jpg

९ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा आज खेलिएको पहिलो म्याचमा जोरबंग्लो (वाईबी)-ले गोथलाइट्सलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मनीष लिम्बु, निमा तामाङ र छेरोंगले गोल गरे। यसरी गोथलाइट्सबाट डिक्छेनले गोल गरे। यसरी दोस्रो म्याचमा टीडीएस तामसिंगले टुंगको भूटिया बोइजलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो।

नियमित समयको खेलमा टीडीएस तामसिंगबाट अदर राई र नितेन गुरुङले गोल गरे। यसरी भूटिया बोइजबाट पासांग भूटिया र रितिकले गोल गरे। आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement