राणाघाट डकैटीमा सामेल बदमाशको कोलकाताको अस्पतालमा उपचार भइरहेको समय मृत्यु

00-1-Rajya-Samachar-5

कोलकाताः नदिया जिल्लाको राणाघाटमा एक नामी ज्वेलरी शोरूममा डकैटीको घटनामा सामेल एक बदमाशको कोलकाताको सरकारी अस्पतालमा उपचार भइरहेको समय मृत्यु भएको छ। शुक्रवार राति उसको निधन भयो। उसको पहिचान बिहार निवासी १९ वर्षीय मणिकान्त कुमार यादवको रूपमा गरिएको छ।

शनिवार कोलकाता पुलिसको तर्फबाट दिइएको जानकारी अनुसार, २९ अगस्तमा शोरूममा करोड़ौंको गहना लुटेर भागिरहेका बदमाशहरूको पुलिससित भिड़न्त भएको थियो। यही क्रममा गोली लाग्दा मणिकान्त घाइते भएको थियो। उसको अझ् एउटा साथीपनि घाइते भएको थियो र यी दुवै सहित चार डकैटलाई पुलिसले समाएको थियो। बाकी फरार हुनमा सफल रहे। यिनीहरूलाई उपचारको निम्ति कोलकाताको एनआरएस अस्पतालमा भर्ती गराइएको थियो जहाँ उपचार भइरहेको बेला उसको मृत्यु भयो। घाइतेहरूमध्ये एक छोटू पासवानको स्थिति पनि गम्भीर बताइएको छ, जो नदियाको कल्याणी जेएनएम अस्पतालमा भर्ती छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement